सर्मथकलाई लामिछानेको संबोधन ‘सीधा कुरा जनतासँग आवाजविहिनहरुको आवाज’

635
views

चितवन, १०, भदौं । सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेले आज चितवनको नारायणी नदी किनारमा उपस्थित आफ्ना समर्थकहरुलाई संबोधन गरेका छन् ।

लामिछाने पक्राउ परेसँगै चितवनमा उनको समर्थनमा ठूलो प्रदर्शन भएपछि उनले नागरिकहरुलाई धन्यवाद दिनको लागि धन्यवाद सभाको आयोजना गरिएको थियो ।

लामिछाने र कँडेलले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायको आवाज उठाएको भन्दै सलाम गरेका छन् । सञ्चारकर्मी लामिछानेले ‘सीधाकुरा जनतासंग’ कार्यक्रमले मुलुकको कुना–काप्चामा पुगेर सबै समस्याहरुलाई बाहिर ल्याउन नसकेको भएता पनि आगामी दिनहरुमा प्रत्येकको घर–घरमा पुग्ने बताए । साथै ‘सीधाकुरा जनतासँग’कार्यक्रमले आवाज विहीनहरुको आवाजलाई प्रस्तुत गरिरहने प्रतिबद्धा जनाए ।

अन्त्यमा उनले आफ्नो न्यायको लागि विदेशबाट समेत आवाज उठाएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई समेत सोही मञ्चबाट धन्यबाद दिएका छन् ।

गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा सञ्चारकर्मीद्वय लामिछानेसहित कँडेल र नर्स अस्मिता कार्कीलाई दोषी देखाएका थिए ।

प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसँगको बयानपछि सोमबार गरिएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका प्रस्तोता लामिछानेलाई ५ लाख र कँडेललाई तीन लाख धरौटीमा छाड्ने निर्णय गरेको हो ।

साथै यसै प्रकरणमा मुछिएकी अस्मिता कार्की (रुकु)लाई भने साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो ।