अरु विद्यार्थी संगठन लुटको स्वर्गमा, हामी संघर्षमा–हरिकृष्ण गजुरेल

877
views

जितेन्द्र थापा
सुर्खेत । नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हरिकृष्ण गजुरेलले अरु विद्यार्थी संगठनहरु लुटको स्वर्गमा रमाइरहेको भन्दै आफ्नो संगठन निरन्तर संघर्षमा रहेको बताएका छन् ।

अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सममेलनमा बोल्दै अध्यक्ष गजुरेलले आँफुहरु शैक्षिक आन्दोलनका साथसाथै राजनीतिक आन्दोलनमा पनि भुमिका निर्वाह गदै आएको बताए ।

उनले भने ‘हाम्रो संघर्षमा यहाँहरु पनि समाहित हुनुहुन्छ, हामी यो उदारण पनि दिन सक्छौ कि संसदिय पार्टी निकटमा विद्यार्थी संगठनहरु संघर्षमा भन्दा पनि लुटमा रमाईरहेका छन् ।’

गजुरेलले भने ‘‘अखिल क्रान्तिकारी लुटहरुको सँधै विरोधर भण्डाफोर गर्दै आएको छ र गरिरहन्छ, अहिले दलाल शैक्षिक माफिया र भु–माफियाहरुको दिनहरु सकिदै गएका छन् तरपनि लुटतन्त्रलाई नै प्रसय दिएका छन्उनीहअरुको स्वर्ग ध्वंस गर्न अखिल क्रन्तिकारी व्युझिसकेको छ ।’’

उनले पहिलेदेखि नै अखिल क्रान्तिकारीले शिक्षा स्वास्थ्य निःशुल्क र सर्वसुलभ हुनुपर्छ भन्ने एजेण्डा उठाउँदै आएको बताउँदै शिक्षामा हुने विभेदहरुको अन्त्य हुनुपर्ने, दलालिकरण माफियाकरण, निजिकरण भ्रष्ट्रिकरणको अन्त्य हुनुपर्ने, राज्य जनताप्रति जवाफदेही हँुदैन जबसम्म शिक्षा स्वास्थ्यको पुर्णरुपमा जिम्मेवारी लिदैन तबसम्म अखिल क्रातिकारी संघर्ष गर्न बाध्य भएको बताए ।

सरकार अहिले शिक्षा र स्वास्थ्य शैक्षिक माफियाहरुको चङगुलमा छ, दलाल र भ्रष्ट्रहरुको चङगुलमा छ, अहिले यो मुलुकका सम्रग मान्छेहरु शिक्षा र स्वास्थ्यमm लगानी गर्न उत्पेरित छन, किन कि सबैभन्दा बढि लुट्न सबैभन्दा बढि ठग्न शोषण गर्न स्वस्थ्य र शिक्षा आज एउटा माध्यम बनेको छ । त्यस्ले गर्दा अरु विद्यार्थी संगठनहरु त्यहाँ भागबण्डामा रमाइरहेका छन् ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट व्य’रो सदस्य तथा कर्णाली प्रदेश सेक्रेटरी सिपी शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हिक्मत शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।