पोखरामा निशुल्क फिजियोथेरापी

1606
views

पोखरा । पुरानो दुखाईको लागि फिजियोथेरापी भन्ने नाराका साथ यहि भदौ २१ गते शनिबार विश्व फिजियोथेरापि दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश शाखाको आयोजनामा निःशुल्क फिजियोथेरापी गर्न लागिएको छ ।

पोखराको चिप्लेढुङ्गगामा बिहान ७ बजे देखि दिउसो १ बजेसम्म निःशुल्क एक दिने प्यारालाईसिस नशा तथा हाडजोर्नी रोगको फिजियोथेरापी शिबिर सञ्चालन हुन लागेको संस्थाका सचिव शिव तिवारीले बताए ।

बिशेष गरी उपचारको पहुँचबाट टाढा रहेका प्यारालाइसिस भएका मुख बाङगिएका बालबालिकाको शारीरिक विकास ढिलो भएका, नशा च्यापिएका ढाड दुख्ने हड्डी खिइएको बाथ युरिक एसिड सायाटिक जस्ता बिरामीहरुको सफल उपचार प्रदान गरिएको आयोजकले जनाएको छ