बेनीमा तीन जना विरामीमा डेंगु संक्रमण

468
views

बेनी, २२, भदौ । म्याग्दीमा डेंगु संक्रमणका तीनजना विरामी भेटिएका छन् । म्याग्दीको बेनी अस्पतालमा उपचार गराउन आएका तीन जना विरामीमा डेंगु संक्रमण भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागी पुगेका तीनजना विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो । एक साताभित्र पोखरा र काठमाण्डौंबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वरो आउने र शरिर दुख्ने जस्ता लक्ष्यण देखिएपछि उपचारका लागी अस्पताल आएको स्वास्थ्य कार्यालय प्रमुख प्रकाशराज शर्माले बताए ।

लक्षण मिलेपछि विरामीको रगत परिक्षण गर्दा डेंगु भेटिएको हो । डेंगु रोगको प्रकोप बढ्दै जान थालेपछि सतर्कता अपनाउन चिकित्सक र प्रशासनले सुझाव दिएका छन् ।