‘सरकार भेटियो, न्याय भेटिएन’–बेपत्ता परिवार

819
views

सीताराम थापा
बागलुङ । जिल्लामा १० बर्षको द्वन्द्वमा बेपत्ता भएकाहरुको दिवस मनाईरहँदा अझै आँसु र आक्रोसको भाकामा पीडितहरुले गुनासो पोखिरहँदा हल सुनसान बनेको थियो । अन्तराष्ट्रिय बेपत्ता दिवसका दिन द्वन्द्व रुपान्तरणको क्षेत्रमा काम गर्ने संस्थाहरुको आयोजनामा भेला भएका २३ जना बेपत्ता परिवारले भने ‘राज्यले प्रत्येक बर्ष पीडितका आँशु र पीडा हेर्छ, तर उदासिन बनिरहन्छ’ किन ?

पीडित र सरोकारवाला मिलेर एउटै दृष्टिबाट पीडितलाई न्याय र क्षतिपुर्ति दिन ढिला नगर्न पनि उनीहरुको माग छ । राज्यप्रति प्रश्न उठाउँदै द्वन्द्वपीडित जशोदा शर्माले भनिन् ‘१३ बर्षसम्म उनी आउँछन कि भनी बाटो हेरिरहँदा ‘सरकार भेटें न्याय भेटिन’  ।

जिल्लाको पश्चिम विकट बोहोरा गाउँका खुमलाल शर्माले पनि त्यस्तै पीडा सुनाए । उनले भने ‘सरकार कहाँ छ खै ? राहत कहिले आउँछ, अझै राहत पाएको छैन् ।’ अधिकांस बेपत्ता परिवारले आन्तरिक राहातसम्म नपाएको बताए ।

गल्कोटका छम कुमारी बस्नेतले आँसु बगाउँदै गणतन्त्र आयो, तीन तहको सरकार पनि बन्यो, तर, पीडितलाई उचित न्याय दिने बाटो किन बनेन् ?

दक्षीण भेगका बिमल केसीले आयोग समक्ष पीडितको आवाज पुर्याउने पुलको काम फलदायि बनाएर देखाउन आग्रह गरे ।

बेपत्ता परिवारका आँशु र पीडा सुनेपछि आयोजक संस्थाका सरोकारवालाहरुले निरन्तर १३ बर्ष काम गर्दा जुन सरकार आएपनि पीडितमैत्री मापदण्ड अनुसार आयोग बनाई समयमै सम्बोधन गर्न नसकेको बताए ।

कार्यक्रममा सत्कर्म नेपालका अभियान्ता सीताराम थापा र रेडक्रस सोसाईटीका नारायण शर्माले जस्को सरकार आएपनि पििडतको सरकार नआएको अनुभूति भएको सुनाए ।

कार्यक्रममा नागरिक समाजका काजिगाउँले श्रेष्ठले राष्ट्रिय अन्तराष्ट्रिय अवस्था अनुकुल सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले जटिल प्रकृया भएको भन्दै आयोगले पुनरावलोकन गर्ने कार्य भएको बताउँदै ििडतका गुनासाहरु सम्बन्धित मन्त्रालय निकायहरुमा ध्यानकर्षण गर्ने प्रतिबद्वता जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका राजेन्द्र ढुंगानाले बिगतदेखि राज्यको मापदण्ड अनुकुल काम गर्न कसुर बाँकी नराखेको र छुटेकालाई राहात दिन स्थानिय सरकारबाट समेत सहयोग जुटाउन छलफल चलाउने बताए ।