महेन्द्र जिसी
पर्वत । यतिबेला नेपालमा डेंगु संक्रमणले सर्वसाधारणहरु त्रसित बनेका छन् । लामखुट्टेबाट सर्ने डेंगु एसियन टाईगरल फैलाएको हो । विहान सुर्योउदयसँगै सक्रिय हुने एसीज एजिव्टाई प्रजातीको एसीयन टाईगर लामखुटटे डेंगु संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयले आज गरेको सरोवालाहरुसँगको अभिमुखिकरण कार्यक्रममा सजग र सचेतना जगाउन आवश्यक रहेको जानकारी दिएको छ । कार्यलयले जिल्लाका सात स्थानीय सरकार र अन्य सरोकारवालाहरुसँग अन्त्रकृया गरेर सचेतनाको अभियान समेत थालेको छ ।
जमेको सफा पानीमा जीवनचक्र शुरु गर्ने र मानिस जस्तै दिनमा सक्रिय हुने हुँदा रोगले महामारीको रुप लिनसक्ने भन्दै घर वरपरको सफा पानी जम्ने स्थानहरु सुरक्षीत र व्यवस्थीत गराउन स्वाथ्य कार्यलयले आग्रह गरेको छ ।
जिल्लाका सात स्थानीय तहका मुकामहरुमा डेंगुको प्रकोप बढी देखिएको भदै स्वास्थ्य कार्यालयले पर्वत जिल्ला घर भएका १९ जनामा संक्रमण देखिईसकेका कारण स्थानीय तहहरुलाई पनि उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
निमित्त प्रमुख डा. शिशिर देवकोटाले पत्रकाहरुसँग कुरा गर्दै एन्टीवायोटीक औषधीले काम नगर्ने भएका कारण सतर्कता रहनु नै बच्ने प्रमुख उपाय रहेको बताए । गण्डकी प्रदेशमा १७ सय ७३ जनामा डेंगु देखापरीसकेका कारण पर्वत पनि राजमार्गसँग जोडीएको हुँदा डेंगुको प्रकोप बढन सक्ने खतरा रहेको उनले जानकारी दिए ।
विषेश गरी बजारी क्षेत्र हार्डवयर व्यवसायी, ग्यारेज टायर र तथा सफा जुन कुनै स्थानमा जमेको पानीमा एसीयन टाईगर प्रजातीको लामखुटटे जिवनी चल्ने हुँदा यस्ता स्थानको पानी सफा गर्ने तथा उपयोग गर्नुपर्ने पानी छोपेर राख्न चिकित्सकहरुले आह्वान गरेका हुन ।
पर्वत सदरमुकाम कुश्मामा पनि डेंगु फैलाउने प्रजातीको लामखुटटे रहेका कारण बजार क्षेत्रमा उच्च जोखीम रहेको बताइएको छ ।
रुघा लाग्नु, एक्कासी ज्वरो आउनु, पेट दुख्नु, हात खुटटाको जोर्नी दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा रातो विमिरा आउनु, वाकवाकी आउनु जस्ता लक्षण देखीएमा तत्काल स्वाथ्य चौकीमा पुगेर स्वाथ्य जाँच गराउन स्वास्थ्य कार्यलयको आग्रह गरेको छ ।
अभिमुखीकरणमा अस्पताल प्रमुख डा. विष्णु भण्डारी, अधिकृत प्रविण बराल लगायतले सहजीकरण गरेका थिए । देश व्यापी रुपमा देखापरेको डेंगु नियन्त्रण गर्न सबै विषय दायक निकाय सरोकार वालाहरुको तथा प्रति व्यक्ति सचेत हुनुपर्ने जिल्ला स्वाथ्य कार्यलय पर्वतले जनाएको हो । लामो लुगा लागाउन र झुलको प्रयोग गर्न तथा लक्षण देखा परेका झोलीलो पदार्थ खान तथा साग, हरीयो तरकारी सेवन गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।