ड्रोन आक्रमणपछि साउदी अरेबियामा तेल उत्पादनमा कटौती

510
views

साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । दुई ठूला तेल प्रशोधन केन्द्रमा यमनका हुथी बिद्रोहीले शनिवार आक्रमण गरेपछि उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानले उत्पादन कटौतीको घोषणा गरेका हुन् ।

उनका अनुसार अहिले तेल उत्पादन दैनिक पाँच दशमलब सात मिलियन ब्यारेलले कटौती गरिएको छ । कटौती गरिएको तेलको मात्रा साउदी अरवले दैनिक उत्पादन गर्दै आएको तेलको आधा हो ।

बिद्रोहीले सरकारी स्वामित्वका तेल कम्पनी ‘अरामको’का दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेका थिए । ति प्रसोधन केन्द्रवाट दैनिक पन्ध्र लाख ब्यारेल कच्चा तेल उत्पादन हुँदै आएको थियो । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आक्रमणमा इरानको हात रहेको आरोप लगाएका छन् ।

ड्रोन यमनबाट आएको भन्ने कुनै प्रमाण नै नरहेको उनको भनाइ । यमन सरकारलाई साउदी सेना र हुथी बिद्रोहीलाई इरानले सहयोग गर्दै आएको छ । हुथी विद्रोहीका प्रवक्ताले भने तेल कम्पनीमा भएको आक्रमणको जिम्मा लिएका छन् । एजेन्सी