‘भारतले विश्वलाई बुद्ध दिएको छ’ भन्ने भारतीय प्रधानमन्त्रीको भाषणप्रति वैद्य माओवादीको विरोध

731
views

काठमाडौं, १३, असोज । २०१९ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतका प्रधानमन्त्रीले ‘भारतले विश्वलाई बुद्ध दिएको छ’ भन्दै दिएको अभिव्यक्तिप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले आपत्ति जनाएको छ ।

सो पार्टीका महासचिव महासचिव मोहन वैद्य ‘किरण’ ले भारतले विश्वलाई बुद्ध दिएको भन्ने भारतीय प्रधानमन्त्रीको अभव्यक्तिप्रति आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ती जारी गरेका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील यही २०१९ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंको महासभामा ‘भारतले विश्वलाई बुद्ध दिएको छ’ भन्ने वाक्यांश प्रयोग गर्दै भाषण गरेका थिए ।

उक्त विषयप्रति आपत्ति जनाउँदै वैद्यले विज्ञप्तीमा भनेका छन् ‘नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध भारतीय नभएर नेपाली नै रहि आएको कुरा अवगत हुँदाहुँदै उनलाई भारतीय बनाउन खोज्नु नितान्त गलत भएको स्पष्ट गर्न चाहन्छौं ।’ साथै अब आइन्दा यस्ता अभिव्यक्ति नदिन पनि भारतका प्रधानमन्त्रीसित अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।