पूर्व राजाको दशैं कार्यक्रम सार्वजनिक

1148
views

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले वडादशैंको कार्यक्रम सार्वजनिक गरेका छन् । शाहले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्षमा महाअष्टमीको दिन शक्ति पीठहरूको दर्शन गर्ने, नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने क्रायक्रम रहेको छ ।

पूर्वराजाले बिजया दशमीको दिन अपरान्ह ४ बजेपछी दशैको टीका बक्सने कार्यक्रम रहेको छ जनाइएको छ ।