उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउँदैन–सभापति कोइराला

590
views

असोज, २६, पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले उत्पादन वृद्धि नगर्ने बेलासम्म देशमा समृद्धि नआउने बताएका छन् । उनले सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने दाबी गरे ।

कोईरालाले प्रदेश सरकारले बचत तथा ऋण सहकारीले अनिवार्य ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने नीति बनाएको बताउदै देशमा उत्पादन वृद्धि नगर्ने बेलासम्म बजार मुल्य वृद्धि रोक्न नसकिने बताए ।

उत्पादन बढाउने काम सहकारीले गर्नुपर्ने र उत्पादन भएका बस्तुको बजारको जिम्मा सरकारले लिनुपर्ने उनको भनाई थियो ।

शनिवार लेखनाथमा खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्था लिमिटेड एवं खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको तेस्रो साधारण सभाको उद्घाटन गर्दे कोइरालाले

कृषि अनुदानमा गण्डकी प्रदेशले ४० करोड भन्दा बढि अनुदान दिएको भन्दै अनुदान पाउनेहरुले उत्पादन गरेका छन् की छैनन भन्ने निगरानी गर्नुपर्नेमा जोड दिए ।

उनले एक पालिका एक कोल्ड स्टोर कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिदैं भन्दै पोखराको चाउथेमा पनि प्रदेश सरकारको साढे २ करोड र नीजि क्षेत्रको साढे चार करोड गरेर ७ करोड भन्दा बढिको लगानीमा कोल्ड स्टोर सञ्चालनमा आएको बताउनु भयो । योजना बनाएर काम गर्न आग्रह गरे ।