महरालाई अदालत लगियो, मुद्दा दायरको तयारी

783
views

काठमाडौं, २८, असोज । बलात्कार प्रयासको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ । उनलाई मंगलबार काठमाडौं जिल्ला अदालत लगिएको छ ।

म्याद थपका लागि महरालाई नर्भिक अस्पतालबाट सिधै अदालत लगिएको हो । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको चार दिनपछि स्वास्थ्यमा खराबी देखिएको भन्दै नर्भिक अस्पताल लगिएको थियो ।

महराको म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ । उनको बयानपछि प्रहरीले मुद्दा दायर गर्ने तयारी गरेको छ ।