पत्रकार र मिडियाप्रति प्रधानमन्त्रीको असन्तुष्टी

541
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादामा नरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पत्रकाले आफ्नो बाउलाई पनि तिमी भन्ने गरेकोमा आपत्ति जनाए ।

प्रधानमन्त्रीले विकसित मुलुकको संस्कृतिको देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले विर्सदै गएको बताए । उनले सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उनले गम्भीर असन्तुष्टी जाहेर गरे । उनले भने ‘सभ्यताका पर्खालहरु बागमतिमा फालिए। शिष्टता, मर्यादा केही पनि छैन्। पत्रकारले बाउलाई पनि तपाई भन्दैन ।’

प्रधानमन्त्रीले नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भएपनि अझै पनि थिति नबस्दाका धङधङीहरु कायमै रहेको बताउँदै भने ‘परिर्वतन भयो । थितितर्फ हामी गयौं । थिति नबस्दाका धङधङीहरु छँदै छन् ।
उनले कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएको भन्दै उहाँले कला, संस्कृति, सभ्यता र साहित्यलाई सम्वद्र्धन गर्दे अघि बढाउनुपर्ने आवश्यकता औल्याए।

प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उनले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।