पोखरा रंगशालाको अनुगमन

570
views

पोखरा, २९, असोज । पोखरामा निर्माणाधीन फुटवल मैदान, क्रिकेट मैदान र बहुउद्देश्यी कर्भड हलको निरीक्षण गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइरालाले निरिक्षण गरेका हुन ।

मन्त्री पुनले मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं साग भौतिक पुर्वाधारको कारण कुनैपनि हालतमा प्रभावित हुन नहुने भन्दै समस्या भए आफुहरु समाधानको लागि तयार रहेको बताए ।

सांसद एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइराला आ– आफ्नो जिम्मेवारी अनुसार सबैले काम गरेर पोखरामा हुने ९ वटै खेललाई सफल बनाउनु पर्नेमा जोड दिए ।

आँफुहरुले अनुगमन र मुल्याङकनलाई प्राथामिकतामा राखेर पुर्वाधार निर्माणमा सहजीकरण गर्दे निर्धारित समयमै सम्पन्न गर्नको लागि भुमिका खेल्ने बताए ।

स्थल व्ययवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले आँफु दैनिक रंगशाला आएर फुटबल मैदानको निगरानी गर्ने गरेको बताए ।

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दीपक बरालले जानकारी दिए ।

उनका अनुसार पुर्वाधारको काम ५० प्रतिशत सकिएको छ । १३ औं सागमा कुल २७ खेल हुने भएपनि पोखरामा ९ वटा खेल हुने छ । पोखरामा हुने खेलहरुमा महिला फुटवल, क्रिकेट महिला, आर्चरी, ब्याडमिन्टन ह्याण्डबल, प्याराग्लाइडिङ, ट्रायथलन, विच भलिवल र भारोत्तोलनका खेल हुने छ ।