सुनकोशी बस दुर्घटनामा १६ जनाको मृत्यु

733
views

सिन्धुपाल्चोक, १७, कार्तिक । सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा घाइते २० जनाको उद्वार जारी रहेको छ । उनीहरुको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ । नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ ।

दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको राजमार्गमा बस दुर्घटनामा परेको थियो । प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ ।