कीर्तिपुर तताउँदै ‘१९७४ एडि’

613
views

काठमाण्डौँ, २०, कार्तिक । यहि नोभेम्बर ९ तारिख (कार्तिक २३) मा नेपालकै चर्चित ब्याण्ड ‘१९७४ एडि’ ले कीर्तिपुर तताउँदै छ । कृति इभेन्टस् एण्ड प्रा.लि द्वारा आयोजित सांगितिक कार्यक्रममा नेपालको चर्चित ब्याण्ड ‘१९७४ एडि’ को धमाकेदार प्रस्तुति प्रस्तुत गर्ने छ ।

नेपालकै चर्चित व्याण्ड ‘१९७४ एडि’ पुनः एकिकृत भएपछि हुन लागेको र्दुलभ मध्येको यो एक कन्सर्ट किर्तिपुर खेलमैदानमा हुन लागेको हो ।

१९७४ एडि को Comeback Together Nirantarta Musical Tour मा हातेमालो गर्नका लागी नेपालको चर्चित सांगितिक समुह ‘कुटुम्ब’ ले पनि आफनो प्रस्तुति गर्ने भएको छ । यो सँगै चर्चित गायक रोहीत जोन क्षेत्री लगायतको प्रस्तुति रहेको आयोजक संस्थाका अध्यक्ष राकेश महर्जनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आयोजक संस्थाका उपाध्यक्ष अन्जन बुडाथोकीले स्वागत मन्तब्य राख्दै सबैलाई कन्सर्टमा सहभागी हुन आग्रह गरे ।

महानगरीय प्रहरी बृत किर्तिपुरका प्रमुख डिएसपी छेदीलाल कायमतिले सो कन्सर्टलाई सफलतापुर्वक सम्पन्न गर्न बृतले पुर्णरुपमा सुरक्षा दिने प्रतिबद्धता ब्यक्त गरे ।