बाग्लुङमा नेकपाका बागीले उम्मेदवारी फिर्ता नलिंदा खैलाबैला

904
views

सीताराम थापा
बाग्लुङ, २४, कार्तिक । सत्तारढ नेकपाबाट बिद्रोह गरी प्रदेश सभा सदस्यमा बाम गठन्धन विरुद्ध बागी उम्मेदवारी दिएका नेकपा नेता शेरमान घर्ती मगरले उम्मेदवारी फिर्ता लिएका छैनन् । उनलाई उम्मेदवारी फिर्ता गराउन बागलुङ सदरमुकाम लैजाने ब्यवस्था मिलाउँदा घर्ती मगर एक्कासि हराएका थिए ।

श्रोतका अनुसार आफुले उम्मेदवारी फिर्ता नलिने एकोहोरो अडान लिईरहेका घर्तीको उम्मेदवारी फिर्ता गराउन मनोनयन दर्तापछि नेकपाका केन्द्र र जिल्ला तहका नेताले निरन्तर प्रयास गरेका थिए । स्थानिय तहका नेकपा नेता कार्यकर्ता धेरैजसो फिर्ता लिने पक्षमा रहेका थिए । उनले उम्मेदवारी फिर्ता नलिए सघाउने पक्षमा पनि धेरै कार्यकर्ता देखिएका छन ।

घर्तीमगरलाई उम्मेदवारी फिर्ता नलिने पार्टीको पहुँचबाट टाढा बनाइएको छ नाम नखुलाउने भन्दै उनका एक समर्थकले भने जब घर्तिमगरले नै उम्मेदवारी फिर्ता गर्नपर्ने अवस्था थियो भने ठिटकट किन दिइएन ?

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य उप निर्वाचनको लागि नेकपाका नेता शेरमान घर्तीको बागी उम्मेदवारी फिर्ता गराउने अन्तिम प्रयास पनि आज असफल भएको छ ।

श्रोत भन्छ,आफुले उम्दवारी फिर्ता नलिने एकोहोरो अडान लिईरहेका घर्तीमगरलाई पार्टीको उपल्लो तहबाट चर्काे दबाब आईरहेको थियो ।

माथिल्लो तहबाट आएको थ्रेट थेग्न नसकेर बुर्तिवाङमा नेकपा नेता तुलसिराम अर्यालको घरमा संवादमा रहेका घर्तिले सुरक्षाको समेत माग गर्नुपरेको स्रोतले जनाएको छ । सुरक्षा थ्रेटकै कारण ईलाका प्रहरी कार्यालयमा बसेका थिए । त्यसपछी दुबैजना घर्ती र अर्याललाई नगरप्रमुख नेपालीको निवास दरबार होटेलमा ल्याईएको थियो । दिउँसो १ बजेर ४ मिनेटको समयमा उमेदवार घर्तीमगर र तुलसी अर्याललाई लिएर हेलिकप्टर बागलुङ सदरमुकामका लागि उडेको थियो ।

निर्वाचन आयोगद्वारा प्रकाशित उपनिर्वाचनको कार्यक्रम अनुसार उमेदवारले मनोनयन फिर्ता गर्ने समय दिउसो १ बजे सम्म मात्र थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय निर्धारण गरिएको थियो । उक्त अवधिसम्ममा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिए ।

तर, बागी उम्मेदवार घर्तीलाई दिउसो १ः२० मा मात्र हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो । घर्तिले दिएको बागी उम्मेदवारी कायम रहे नेकपा र राजमो बीचको बामगठबन्धन र नेपाली कांग्रेस बीचको चुनावी प्रतिस्पर्धा पेचिलो हुने देखिएको छ ।

घर्तीको प्रस्तावकका नेकपाका रिमबहादुर विक र समर्थकमा दधिराम अर्याल रहेका थिए । सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चा बीच केन्द्रीय स्तरबाटै बाम गठबन्धन बनाएर जाने सहमति भएको थियो । बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णय अनुसार, राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो ।