निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम

2145
views

काठमाडौं, २५, कार्तिक । सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ । नीजि मेडिकलले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नलिए सरकार ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरे । चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले भने, ‘उहाँहरुले मिलाउनु भएन भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जान्छ ।’