ब्याडमिन्टन हलको काम अन्तिम चरणमा, सागमा ७ राष्ट्रको सहभागीता हुने

606
views

पोखरा, १०, मंसीर । १३, औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने व्याडमिन्टन खेलको लागि निमार्ण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो ।

“ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाकिँ छ” कास्क्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वर सिहं गुरुङले बताए । खेलाडिको लागि चाहिने पूर्वाधार समेत सबै निमार्ण भएको उनले जानकरी दिए ।

ब्याडमिन्टन हलमा अफिस, सुचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेको छ । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । ब्याडमिन्टनको लागि म्याट भन्सार बाट हिडिसकेको गुरुङले बताए । व्याडमिन्टन हल निमार्णको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने छन । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन भने विदेशी सहित ५ जना प्रशिक्षक रहेका छन । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागीता रहेको छ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागीता जनाएका छन ।

त्यस्तै पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरि १३ जनाको सहभागीता रहेको छ । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहेका छन ।

बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले सहभागीता जनाउने छन ।

श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहेका छन ।

भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हुदैँ छन । जसमा ४ पुरुष, २ महिला खेलडी तथा एक प्रशिक्षकले सहभागीता जनाउने भएका छन ।
माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागीता जनाउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुने छन ।

पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गते देखि २० गते सम्म सञ्चालन हुने छ । टिम इभेन्ट तर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन ।

त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ मंसीर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुने छन भने । १८ गते महिला तथा पुरुष सिङ्गल र डवल्सको क्वाटरफाईनल खेल हुने छ भने १९ गते सबै इभेन्टकाा सेमिफाइनल खेल हुने छन भने २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिए । मर्सानिका अनुसार प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १४ कास्य गरि २८ पदकका लागि खेल हुनेछ ।