जिप दुर्घटनाका घाईतेको उपचार धौलागिरी अस्पतालमा

974
views

सीताराम थापा । गएराती बागलुङ जैमिनी नगरपालिकामा भएको जिप दुर्घटनाका १५ जना घाईतेलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको छ । बरेङबाट बलेवाको लागि छुटेको ध १ ज २०७ नम्बरको पिक अप जिप कुश्मीशेराको टारा तल्लो बजारमा दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले जनाएको छ । दुर्घनामा घाईते भएका यात्रुहरुलाई स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको जैमिनी नगरपालिकाको प्रमुख इन्द्रराज पौडेलले बताए ।

१५ जना बाहेक अरु ११ जनाको प्राथमीक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार भइरहेको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ ।

यात्रुहरुका अनुसार वलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्स्टिीच्यूटमा अध्ययनरत विद्यार्थी बरेङ गाउँपालिकामा स्थलगत अध्ययनको लागि पुगेर फर्किंदै गर्दा दुर्घटना भएको थियो ।