बाल शिक्षकहरुलाई प्रशिक्षण

554
views

महेन्द्र जिसी
पर्वत, १९, मंसिर । पर्वतको कुश्मामा रहेका विभिन्न बालविकास केन्द्रका बालविकास शिक्षकहरुका लागि शैक्षिक सामाग्री सम्बन्धि प्रशिक्षण सञ्चालन गरिएको छ । कुश्मा नगरपालिकाको आयोजना र एजुकेशनल टे«निङ सेण्टरको संयोजनमा एकदिने तालिम सञ्चालन गरि सम्पन्न गरिएको हो ।

एकदिने तालिममा जिल्लाका ६० जना शिक्षकहरुको सहभागीता थियो । कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगर उपप्रमुख सीता काफ्ले लामिछानेले बालबालिकाको कलिलो दिमागमा ज्ञानको सञ्चार गर्ने शिक्षकहरुको जति प्रसंसा गरेपनि कम हुने बताउनुभयो ।

लामिछानेले वालशिक्षकहरु न्यून बेतनमा काम गर्नुपरेकोमा आफु पनि चिन्तित रहेको र नगरपालिकाले गतवर्ष १ हजार रुपैयाँ तलव बढाएको र अर्को वर्ष पनि बढाउने बताउनुभयो । बाईट सिता काफले लामीछाने उप प्रमुख कुश्मा नगर पालिका पर्वत शिक्षकहरुलाई कुनै पनि समस्या परेमा नगरपालिकासंग गुनासो राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले शिक्षकहरुको सेवा सुविधा बढाउन राज्य लागिरहेको बताउनुभयो । उहाँले उच्च मनोवल बनाएर काम गर्न पनि अनुरोध गर्नुभयो । नगर शिक्षा प्रमुख विष्णुप्रसाद तिवारीले प्रभावकारी शिक्षणमा बालबिकास शिक्षकहरुले मिहेनत गरिरहेको र अझै मिहेनतको खाँचो रहेको बताउनुभयो ।

तालिममा शैक्षिक सामाग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिईएको छ । तालिमको सहजीकरण नेपाल एजुकेशन टे«निङ सेण्टर काठमाण्डौँका प्रमिता पन्त, संस्थाका सञ्चालक निर्मल पाण्डे, सहायक प्रशिक्षक राजकुमार घिमिरेले गर्नुभएको थियो ।