नमुना आवसिय माविमा नमुना हाटबजार

1296
views

कमला लामिछाने
पर्वत १९ मंसिर । विद्यार्थीहरुलाई व्यावसायिक शिक्षामा दक्षता हासिल गराउनका लागि यहाँको एक विद्यालयले नमुना हाटबजारको आयोजना गरेको छ । पर्वत सदरमुकाम कुस्माको नमुना आवासिय माध्यमिक विद्यालय विद्यार्थीहरुलाई स्थानिय लोकल जातका सामाग्रीहरुको निर्माण गर्न लगाई विद्यालय परिसरभित्रै नमुना हाटवजारको आयोजना गरेको हो ।

कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुलाई व्यावहारिक शिक्षा अन्र्तगत विषय शिक्षकले विद्यार्थीहरुलाई दिएको गृहकार्य अन्र्तगत दैनिक उपभोग्य वस्तुमा जङ्क फूडजस्ता अखाद्य खानेकुराहरु मुक्त गरी अर्गानिक खाना उत्पादनका लागि नमुना हाटवजारको आयोजनासँगै खरिद विक्रि थालिएको हो ।

विद्यालयको कक्षा ६ मा अध्ययनरत करिब ७५ जना विद्यार्थीहरुको एप्पल र ओरेञ्ज गु्रपले २० वटा स्टलको निर्माण गरी प्रयोगात्मक गृहकार्य अन्र्तगत उत्पादन तथा निर्माण गरेका स्थानिय लोकल जातका तरकारीमा गुन्द्रुक, मुलाको चाना, स्कुस, खुर्सानी, भेन्टा, कोदाको पीठो, सिल्टुङ, भट्टमास, वोडी, मकै, हरियो साग, सातु, र खाजाको रुपमा घरमै बनाएको तरकारी र पुरी लगायतको कारोवार गरेका हुन् ।

विद्यार्थीहरुले एक आपसमा निर्माण गरेका सामाग्रीहरु विक्री वितरण समेत गरेका हुन् । विद्यार्थीहरुलाई आर्थिक कारोवार गर्नसक्ने क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ यसैसंग सम्वन्धित ज्ञान, सिप र धारणामा परिवर्तवन गराउनुका साथै नाफा घाटाको महत्वसंगै अर्गानिक खानेकुराको महत्व दिलाउनका लागि नमुना हाटवजारको लागि व्यवसायिक शिक्षाका विषय शिक्षक संञ्जय जैसीले संयोजन गरेको विद्यालयका शिक्षक इञ्चार्ज जलन खत्रीले जानकारी दिनुभयो ।