मोदी गाउँपालिकामा लैङ्गिक हिंसा न्युनिकरण कार्यक्रम

1352
views

पर्वत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मोदी गाउपालिका–८, चित्रेमा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । मोदी गाउँपालिका–८, ईम्प्रेड नेपाल र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले नेपाल प्रहरी विगत देखी हालसम्म जनताकै सेवामा तल्लिन रहेको र प्रहरीले सँधै समाजको विकासका लागि अत्यन्त उदाहारणीय भुमिका निर्वाह गर्दै आएको बताए ।

उनले समाजमा लैङ्गीक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले संचालित लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानमा पर्वतका विभिन्न स्थानहरुमा पुगेर प्रहरीले सचेतनामुलक कार्यक्रम गर्न सफल भएको बताए ।

कार्यक्रममा सहभागी समुदायले मदिरा नियन्त्रण, लागु औषध दुव्र्यसनी, लैङ्गिक हिंसा न्यूनीकरण, महिला हिंसा न्यूनिकरण, सामाजिक संजालको प्रयोग, सुरक्षा सम्बन्धी र अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा सवाल एवम् प्रतिक्रियाहरु लिईएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल ज्युले लैङ्गीक हिंसा तथा महिला हिंसाले समाजमा पर्न गएको नकारात्मक असरहरु र यस सम्बन्धीत प्रचलित ऐन, नियमका बारेमा प्रष्ट पारेका थिए ।

अर्यालले समाजमा देखापर्ने समस्याहरु मध्ये धेरैजसो मादक पदार्थ सेवन तथा लागु औषध दुव्र्यसनिका कारणले नै भएको देखिन आएकोमा त्यस्ता कुलतमा लागेका व्यक्तिहरुले आफूमा सकारात्मक परिवर्तन ल्याउन जरुरी देखिएको, विभिन्न सामाजिक संजालहरुको प्रयोगबाट हुन सक्ने आपराधिक घटना प्रति हामी सबै पहिले नै सचेत रहनु पर्नेमा जोड दिए ।

मोदी गाउपालिका–८ का कार्यवाहक वडाध्यक्ष योगेन्द्र के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा सोही वडाका वडा सदस्य कृष्ण बहादुर गुरुङले स्वागत तथा ईम्प्रेड नेपाल पर्वतका समाजिक परिचालक गंगा नेपाली, जनसिद्द मा.वि. चित्रेका प्रधानध्यापक एकनारायण तिमिल्सिना, पञ्चकोशी प्रा.वि. का प्रधानध्यापक सुशिला देवी गुरुङ र पर्वत उद्योग वाणिज्य संघ पर्वतका निवर्तमान अध्यक्ष हरि ओम शर्मा लामिछानेले लैङ्गिक हिंसा न्युनिकरण गर्न एक हुनुपर्नेमा जोड दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, पर्वत उद्योग वाणिज्य संघ पर्वतका निवर्तमान अध्यक्ष हरि ओम शर्मा लामिछाने, प्रहरी चौकी देउपुर डिमुवाका प्रहरी सहायक निरीक्षक सुरेश कुमार क्षेत्री, स्थानिय विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीहरु, ज्येष्ठ नागरीक, वुद्धिजीवी, समाजसेवीहरुको सहभागिता रहेको थियो ।