सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

678
views

सुर्खेत: सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई प्रहरीले  पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए। ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।