मानवअधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्रि शाही

637
views

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुझेका कुरा हरेक नागरिकले व्यवहारमा लागु गर्नुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा आयोजित मानव अधिकार आयोगको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले नेपालीहरु पछिल्लो समयमा सबैकुरा जान्ने देखिए पनि व्यवहारमा भने पालना नगर्ने परिपाटी भयंकर रोगका रुपमा देखा परेको बताए ।

नेपालीले नबुझेको कुनै पनि कुरा नभएको भन्दै शाहीले मानवअधिकारका विषयमा पनि धेरैले बुझेको तर मानवअधिकारको हनन् भईरहेको बताए । मुख्यमन्त्री शाहीले मानव अधिकार र प्रहरीको काम मुचुल्का उठाउनेमा मात्रै सीमित भएको बताउँदै अब त्यसबाट माथि उठनुपर्ने बताए ।

 

उनले कर्णाली प्रदेश सरकार कसैको पनि मानवअधिकार हनन हुन नदिने बताउँदै सबैले आफ्नो अधिकारको प्रयोग गर्दै अरुको अधिकार हनन नहोस भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले मानवअ धिकार भनेको के हो ? कसरी अधिकार हनन भइरहेको छ भन्ने कुरा तल्लो तहमा नै गएर बुझाउनुपर्ने बताईन ।

सामाजिक समितिमा आएका विधेयकहरुमा मानवअधिकार हनन नहोस भन्नमा समिति सक्रिय रहने बताउँदै कुनै विधेयकमा त्यस्तो भएको पाइएको भए समितिलाई सुझाव दिन उनको आग्ह थियो । कर्णाली लोकसेवा आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले प्रदेश योजना आयोगले सबैको अधिकार रक्षा हुने गरि योजना बनाउने प्रतिबद्धता जनाए । ‘अहिले हामी योजना निर्माणकै क्रममा रहेका छौं ।’ कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामा क्रियाशील मानअधिकारकर्मी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।