४० वर्ष अघिको पुर्खौली पैदल मार्गको कालोपत्रे

1290
views

महेन्द्र जिसी
पवत, ३ पुष । ४० वर्ष अघिको पुखौली पैदल मार्गको कालोपत्रे शिलान्यास पर्वत महेन्द्र जिसी पुस २ पर्वत २०४० साल सम्म धौलागिरीलाई वुटोवल सुनौली सम्म जोडने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकको पर्वत खण्ड कालोपत्रे शिलान्यास गरीएको छ । ट्याक ओपन भएको डेड दशक पछि पिचको शिलान्यास गरीएको हो ।

गण्डकी प्रदेश सरकारको लगानीमा स्याङजाको नौडाँडा देखी सेपत र पर्वतको हिलोखोला देखी कार्कीनेटा सडक खण्डको पिचको शिलान्यासको काम अगाडी बढेको हो । नौडाडा कार्कीनेटा फलेवास जैमुनी, गल्कोट पार्देशीक रणनीती सडक अन्त्रगत सडको स्तारोन्नतीको लागि पिच गर्न लागिएको हो । वुटोवल सुनौली नाका जोडने छोटो राजमार्गको रुपमा विकास गर्न सडक रणनीति अनुरुप सडकको स्तवृद्धि गर्न लागिएको हो । गण्डकी प्रदेश भौतीक तथा पुर्वाधार मन्त्री रामशरण बस्नेतले पिचको शिलान्यास गरे ।

नौडाँडा देखी सेपत ३० करोडको ११ किमी लागतमा काम भईरहेको हो भने पर्वतको हिलेखोला देखी कार्कीनेटा सम्म १६ करोडमा पिच शुरु भएको हो । यस्तै यसै सडक अन्त्रगत खल्डाडाँ अर्माना ५० लाखको काम भईरहेको छ भने जैमुनी कुश्मी शेरा ३ करोडको काम भईरहेको छ । कालो पत्रेको शिलान्यास गर्दै मन्त्री वस्नेतले प्रादेशिक रणनीतिको मुख्य राजमार्गको रुपमा रहेको हुँदा स्याङजा नौडाँडा र कार्कीनेटा फलेवास हुँदै जैमुनी र गल्कोट सडक आफ्नै कार्यकालमा कालोपत्रे हुने बताए ।

२०५६ सालमा ट्याक खोलेर सवारी सञ्चालनमा आएको सडकलाई फलेवास नगरपालिकाको पहलमा मापदण्ड कायमको काम भएपछि कालोपत्रेले तिब्रता पाएको हो । कार्कीनेटा हुँदै शंकरपोखरी, खल्डाँडा अर्माना जैमुनी कुश्मीशेरा कश्मीशेरा जोडिने सडकको पहिलोपटक कालोपत्रे हुन लागेको हो । ख वर्गको प्रादेशीक सडक रहेका कारण ८ मिटर चौडाई रहने पुर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

०७७ मंसीर २८ सम्मका सम्पन्न गर्ने गरी निर्माण कम्पनी सँग टेण्डर प्रकृया थालीएको पुरानो पैदल मार्गलाई राजमार्गको रुपमा विकास गराउन लागेको फलेवास नगरपालिकाले जनाएको छ । पर्वत र स्याँङजाको सीमाना हिलेखोला बाट कालोपत्रेको शुरुवात गरीएको सडकले गण्डकी प्रदेशलाई चिनको कोराला देखी सुनौली नाकासम्म जोडने छ । छिमेकी स्थानीय सरकारसँग सहकार्य गरेर प्रदेशीक रणनीती अनुरुप सडकको विकास गराउँदै प्रदेश मुकाम पोखराको स्याटालाईट सिटीको रुपमा फलेवास नगरपालिकाको विकास गराउन थालिएको नगर प्रमुख पदमपाणी शर्माले बताए ।

आँधिखोला गाउँपालिका, फलेवास नगरपालिका जैमुनी नगरपालिका र गल्कोट नगरपालिका गरी तीन जिल्लाका चार स्थानीय तह जोडने गरी सडकको कालोपत्रे शुरुवात भएको गण्डकी प्रदेश भौतिक तथा पुर्वाधार मन्त्रालयले जनाएको छ । चार दशकपछि पुर्खौली पैदल मार्ग कालोपत्रेको रुपका विकास गराउँन लाग्दा स्थानीय समेत हर्षित भएका थिए । कार्यक्रमको अवसरमा भजन चुडका, लाखे नाच समेत प्रस्तुत गरीएको थियो ।