घाईतेलाई ५७ हजार सहयोग, सहहयोगदातामा अनुरोध

1096
views

काठमाडौं । स्वास्थ्य लाभको कामनासहित युबराज आचार्य बचाउ अभियानअन्तर्गत संकलित रकम हस्तान्तरण गरेको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी निवासी सरस्वती उच्च माविमा कार्यरत कर्मचारी युवराज आचार्य असोज ३ गते एम्बुलेन्स दुर्घटनामा गम्भीर घाईते हुनुभएको थियो । उहाँलाई समाजका उपाध्यक्ष चिरञ्जीवी आचार्य, महासचिव बाबुराम आचार्य, प्रदेश नम्बर ३ का अध्यक्ष जयराज आचार्य लगायत अस्पताल पुगी सहयोग रकम हस्तान्तरण गरेका हुन ।

चिकित्सकको भनाई अनुसार अवस्था अझै सुधारोन्मुख छ । थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालबाट काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको पाँचौ तल्लामा भर्ना गरिएको छ, हाल पनि अन्नपूर्ण अूपतालमा नै उपचाररतः हुनुहुन्छ ।

विराटनगरबाटै काठमाडौ ल्याउदा साढे १० लाख माथी खर्च भइसकेको पारिवारिक श्रोतले बताएको छ । पारिवारीक अवस्थापनि कमजोर भएको र चिकित्सकका अनुसार अझै ६ महिना भन्दा बढी नै अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएका कारण परिवारले सहयोगको अपेक्षा गरेको थियो ।

सहयोग रकम संकलन संयोजक तथा समाजका केन्द्रीय महासचिव बाबुराम आचार्यले आचार्य बन्धु समाजले बिगतदेखी नै शिक्षा स्वास्थ्य क्षेत्रमा बिभिन्न तरिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई उल्लेखित नम्बर 9851027283, 9851027373, 9851081244, 9851097694 मा सम्पर्क गर्न परिवारले आग्रह गरिएको छ ।