सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सको तेस्रो खेल

753
views

कामाडौं, ११, पौष । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आफ्नो तेस्रो खेल आज खेल्न गईरहेको छ । मेलबर्न स्टार्सले आज एडिलेड स्ट्राइकर्स विरुद्ध तेस्रो खेल खेल्ने छ ।

मेलबर्न स्टार्सले पहिलो र दोस्रो खेलमा जित हासिल गरेको छ । भने एडिलेड स्ट्राइकर्सले भने एक खेलमा जित र एक खेल खराब मौसमका कारण रद्ध भएको थियो ।

सन्दिप लामिछानेले अहिले सम्म दुई खेलबाट दुई विकेट लिएका छन । आजको खेलमा पनि उनी प्लेइंग इलेवनमा पर्ने सम्भावना उच्च रहेका छ । खेल नेपाली समय अनुसार १ः४५ बाट सुरु हुने छ ।