तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी

635
views

काठमाडौं । लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । बोर्डको बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मस्र्याङ्दी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली –३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको हो ।

बोर्डले माथिल्लो त्रिशुली १ का लागि ६५ अर्ब, मस्र्याङ्दी बेसीका लागि ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाका लागि आठ अर्ब २२ करोड ७४ लाख रुपियाँ लगानी स्वीकृत गरेको छ ।

नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ । माथिल्लो त्रिशुली २ बी आयोजना नेपाल विद्युत प्राधिकरणमार्फत् निर्माण हुँदैछ ।

त्यसैगरी, बैठकले प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई एकीकृत कृषि परियोजना हस्तान्तरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । निर्णय बमोजिम कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश नं ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश नं १ को उर्लाबारी तथा प्रदेश नं २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जनाए ।