तमु ल्होसारमा राष्ट्रिय सभाका अध्यक्षले दिए शुभकामना

418
views

काठमाडौं, १५, पौष । तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन ।

ल्यहोसारमा गुरुङ समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका नेपाली आमाबुबा, दिदीबहिनी दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

वक्तव्यमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । हाम्रो देशमा ठाउँ÷समुदाय विशेष अनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, भेषभूषा रहेका छन्, जुन हाम्रो पहिचान पनि हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो । तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै जानुपर्छ भन्ने सन्दे प्रवाह गरेका छन ।

ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्दै गुरुङ समुदाय र समस्त नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु वक्तव्यमा भनेका छन ।