इरफान पठानले लिए क्रिकेटका सबै फर्म्याटबाट सन्‍न्यास

603
views

पुष २०, २०७६

भारतीय क्रिकेटर इरफान पठानले क्रिकेटका सबै फर्म्याटबाट सन्‍न्यासको घोषणा गरेका छन्। २००३ डिसेम्बर १२ बाट भारतीय क्रिकेट टिमबाट खेल्न सुरु गरेका पठानले शनिबार एक प्रेस वार्ताका क्रममा उक्त घोषणा गरेका हुन्।

उनले उक्त वार्तामा भने ुमैले सन्न्यासको घोषणा पहिला किन गरिन भने जम्मु कश्मिर क्रिकेटका लागि खेलिरेहको थिएँ। उनीहरूले ट्रेनिङ पनि दिइरहेका थिए। अब ३५ वर्षको भएँ। खेलबाट दूरी बनाउँदै छ। आफ्नो प्रेमबाट टाढा हुँदैछु। तर क्रिकेट खेलाडीसँग भने सम्बन्ध कायम रहने छ।

सन्‍न्यासको घोषणा गर्दै उनले सचिन तेन्दुल्कर र सौरभ गांगुलीजस्ता खेलाडीसँग खेल्न पाएकोमा खुसी व्यक्त गरे। साथै उनले आफूलाई साथ दिने आफ्ना फ्यान पूर्व साथी खेलाडीलाई धन्यावदसमेत दिए। इरफान पठानले भारतका लागि २९ टेस्ट, १२० वनडे र २४ टी(२० खेले। यस क्रममा उनले ३०१ विकेट लिए।