निर्मल पौडेल पर्वत २० पौष २०७६
श्री पाटेश्वरी कृषी सहकारी संस्था लिमिटेड कुस्मा नगरपालिका ९ कटुवचौपारीको तेस्रो अधिवेशन तथा सातौँ साधारण सभा सम्पन्न भएको छ । २०७० सालमा स्थापना भएर कटुवाचौपारी ,शंकरपोखरी ,पिपलटारी र मुडिकुवामा सेवा प्रदान गर्दै आएको सहकारीको ७ औँ साधारण सभा कटुवाचौपारीमा सम्पन्न भएको हो । अधिवेशन तथा साधारण सभाले पुन ः हरिशचन्द्र अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन गरेको छ जसको उपाध्यक्षमा गणेश शर्मा अधिकारी ,सचिवमा कृष्णराज अधिकारी,कोषाध्यक्षमा शान्ति लामिछाने अधिकारी र सदस्यहरुमा शालिकराम पौडेल,तारा पराजुली,माया अधिकारी,केशव लामिछाने रहेका छन् ।
साधारण सभामा वोल्दै कार्यक्रमका प्रमुख अथिती तथा सुकुम्वासी आयोगका जिल्ला अध्यक्ष तथा जेष्ठ कम्युनिष्ट मञ्च नेपालका संस्थापक सदस्य किसान अगुवा शिवालय उच्च माविका संस्थापक अध्यक्ष तोयानाथ चालिसेले सहकारी हरुले कृषकहरुलाई सहुलियत रुपवाट कृषी कर्जा उपलव्ध गराउनुका साथै विउविजनको व्यवस्था मिलाउनुका पर्ने वताए ।चालिसेले पाटेश्वरी कृषि सहकारीले यस क्षेत्रका किसानहरुलाई समेटेर विभिन्न सहुलियत रुपवाट क्रृण तथा वचत गर्ने वातावरण सिर्जना गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा सहकारीको थप प्रगतीको कामना व्यक्त गरे । कार्यक्रममा सहकारीका अध्यक्ष हरिशचन्द्र अधिकारीले आफ्नो कार्यकालमा कृषकहरुलाई सहकारी वाट विभिन्न प्याकेजका योजना अन्र्तगत सहयोग गरेको भन्दै आगामी दिनमा यसै सहकारीको तर्फवाट निशुल्क विऊविजन लगायत समुहमा रहेर कृषी उत्पादन गर्नेलाई सहुलियत पुर्ण कर्जा प्रदान गर्नुका साथै सम्मान समेत गर्ने वताए । अधिकारीले कृषकहरुले उत्पादन गरेका कृषी उपजहरु लाई वजार व्यवस्थापनको जिम्मा सहकारीले लिने समेत आश्वासन दिए ।कार्यक्रममा संस्थाका लेखा संयोजक वावुराम लामिछाने,सेयर सदस्य गोविन्द पौडेल लगायतले आफ्नो भनाई राखेका थिए ।सहकारीका अध्यक्ष हरिशचन्द्र अधिकारीको अध्यक्षता जेष्ठ कम्युनिष्ट मञ्च नेपालका संस्थापक सदस्य तोयनाथ चालिसेको प्रमुअ आथित्यता सहकारीका उपाध्यक्ष गणेश शर्मा अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णराज अधिकारीले गरेको सेयर सदस्य एस.पि अधिकारीले जानकारी दिएका छन् । कार्यक्रममा प्रमुख अथिती लाई सम्मान समेत गरिएको थियो । ९९ जना सेयर सदस्य रहेको यस सहकारीमा चालु पुँजी करिव रु १ करोड रहेको छ ।