इरानको तेहरान मा १८० जना यात्रु बोकेको विमान दुर्घटना

840
views

काठमान्डौ । इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज तेहरानको खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था ए’सोसिएट प्रेसले जनाएको छ ।

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि जहाज दुर्घटनामा परेको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिशमले एक बयानमा भने, इराकमा रहेको अमेरिकी सैनिक अड्डामा आक्रमण भएको खबर प्राप्त भएको छ । राष्ट्रपतिले स्थितिको बारेमा भनिएको छ । हामी यो स्थितिलाई निगरानी गरिरहेका छौँ र राष्ट्रिय सुरक्षा टिमसँग सल्लाह गरिरहेका छौँ ।

ईरानको सरकारी न्युज एजेन्सी इरनामा जारी गरिएको एक बयानमा रिभोल्युशनरी गार्डले भनेको छ, ‘हामी अमेरिका र उसका सहयोगीलाई चेतावनी दिँदै भन्छौँ– ईरानवि’रुद्ध कहीँ क’तैबाट आ’क्रमण हुन्छ भने हामी त्यसलाई निसाना बनाउँछौँ ।