कालापानीबाट भारतीय सेना हटाउन देजमो गोरखाको माग

728
views

गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी सम्मको ३८५ वर्ग किलोमिटर साथै सूस्ता, महेशपुर लगायत करबि ७१ सिमानाको भू–भाग भारतले मिचेको भन्दै विरोध समेत जनाएको छ ।

देजमो गोरखाले दार्चुला जिल्लास्थित कालापानीमा ५७ बर्षदेखि भारतीय सेना बस्दै आएको र हटाउनुपर्ने भन्दै चारबुंदे माग समेत राखेको छ