चीनमा बस दुर्घटना, १० बेपत्ता १५ घाइते

534
views

चीनको उत्तर पश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा भएको बस दुर्घटनामा परी कम्तीमा १० जना बेपत्ता १५ घाईते भएका स्थानिय अधिकारीले जानकारी दिएका छन ।

स्थानीय समया नुसार बेलुका ५.३० बजे नान्डाजी सडकमा दुर्घटना भएको छ । एउटा सार्वजनिक बस सडकबाट तल खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन ।

अहिले दुर्घटना भएको नान्डाजी भन्ने ठाउँमा अत्यधिक धेरै सवारी साधनको चाँप हुने गरेको छ । दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको स्थानिय अधिकारीहरूले बताएका हुन ।

यस अघि स्थानीय अधिकारीहरूले दुई जना मात्र बेपत्ता भएको र १३ जना घाइते भएको बताएका थिए । घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।