काठमाडौँ, ३, माघ । दुई नाबालकसहित एक दम्पत्तिले त्रिशुली नदिमा हाम्फालेका छन् । दुई वर्ष र ६ महिनाका छोरासहित दम्पत्तिले झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका हुन् ।
बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भयो । श्रीमानको भने तत्कालदै उद्धार गरिएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका हुन् ।
बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोडने पुलबाट हाम्फालेको प्रहरीले बताएको छ ।
थानकोटका विनय लामिछाने र उनकी श्रीमती जानुका रेग्मी दुई सन्तानसहित त्रिशुली नदीमा हाम्फालेको धादिङ प्रहरीले जानकारी दिएको छ।