विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

1048
views

पोखरा, ३ माघ । विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको शुक्रवार मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । विश्वकै होचो व्यक्तिको कीर्तिमान कायम राखेका २८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार राति १२ बजे अस्पताल भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरलाइ शुक्रबार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए ।

खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ मा भएको थियो । २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए ।