जंगी अड्डामा एकीकरण मार्ग कार्यक्रम

2952
views

काठमाडौं । नेपाली सेनाले जंगी अड्डामा संचालन गरको तीन दिने एकीकरण मार्ग कार्यक्रम सम्पन्न भएके छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच समापन गरेका हुन् ।

समापन कार्यक्रममा मन्त्री पोखरेलले सेमिनारमार्फत एकीकरण मार्ग कार्यक्रमसँग सम्बन्धित सरोकारवालाहरु, स्थानीय सर्वसाधारण, सुरक्षा निकाय तथा विषयसँग सम्बन्धित बुद्धिजिवीहरु बीचमा एकिकृत कार्य शैलीको विकास हुने विचार व्यक्त गरे ।

उनले स्थानीय स्तरमा ऐतिहासिक तथा पुरातात्विक विषयहरुमा ज्ञानको अभिवृद्धि भई दीर्घकालीन महत्व राख्ने भौतिक संरचना लगायतका दस्तावेजहरु र स्थलहरुको संरक्षण हुनुका साथै स्थानीय पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

मन्त्री पोखरेलले एकीकरण मार्ग कार्यक्रमको कार्यान्वयन पश्चात स्थानीय स्तरमा यातायत, संचार, विद्युत, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत पूर्वाधारहरुको गुणस्तरिय विकास र स्थानीय व्यापार व्यवसाय का साथै आर्थिक गतिविधिहरुमा बृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले बहुआयामिक कार्यक्रमलाई दीर्घकालिन सोच राखेर विकास गर्न सकिएमा बृहत् राष्ट्रिय हितमा योगदान पुग्ने बताउँदै सरकारको आगामी नीति तथा कार्यक्रममा आवश्यक बजेट सहित सेमिनारबाट पारित भई प्रस्ताव हुने कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली सेनाको पहलमा शुरु भएको एकीकरण मार्ग कार्यक्रमलाई नेपाल सरकारका सवै सम्वद्ध मन्त्रालय र निकायहरु तथा गैरसरकारी निकायहरुसंग समेत समन्वय गरी ब्यवस्थीत एवम् प्रभावकारी र एकीकृत रुपमा अगाडी बढाउने उद्देश्य राखिएको छ ।

कार्यक्रममा प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, भूतपूर्व प्रधानसेनापतिहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।