नागरिकता विधेयकमाथि दुई कलाकारको भिडन्त

एजेन्सी

433
views

माघ ९, २०७६
भारत सरकारले हालै ल्याएको नागरिकता विधेयकलाई लिएर बलिउडका दुई प्रसिद्ध हस्तीबीच आरोप–प्रत्यारोप चलेको छ।

कलाकाद्वय नसिरुद्दिन शाह र अनुपम खेरले एकअर्कामाथि निम्नस्तरको टिप्पणी गरेका हुन्। नसिरुद्दिनले अनुपमलाई चाप्लुस र जोकरु भन्दा, अनुपमले नसिरुद्दिनलाई जँड्याहा भन्दै जवाफ फर्काए।

भारतीय जनता पार्टीका समर्थक रहँदै आएका अनुपम खेरले खुलेर नागरिकता विधेयकको स्वागत गर्दै आएका थिए। त्यो कुरा नसिरुद्दिनलाई चित्त बुझेको रहेनछ। केही दिनअघि एक टिभी अन्तर्वार्तामा उनले भने, दिपिका पादुकोनले विद्यार्थी आन्दोलनमा ऐक्यवद्धता जनाइन्, यसले उनको प्रसिद्धिलाई कुनै असर पार्दैन। अनुपम खेरलगायतका केहीले खुलेर नागरिकता विधेयकको समर्थन गरिराखेका छन्, त्यस्ता मान्छेलाई गम्भीरताका साथ लिनुहुँदैन।

नसिरुद्दिन त्यतिमै मात्र रोकिएनन्, उनले भने, अनुपम एउटा जोकर हो। उसका साथीहरूलाई उसको चाप्लुस चरित्रबारे राम्रो जानकारी छ। चाप्लुसीपन उसको रगतमै छ। नसिरुद्दिनको वक्तव्यले मिडियामात्रै तातेन, सिंगो बलिउडमा हलचल मच्चियो।

अनुपमले भोलिपल्ट नसिरुद्दिनलाई जवाफ फर्काए। भने, तपाईंलेले अमिताभ बच्चनको आलोचना गर्नुभयो, शाहरुख खानको आलोचना गर्नुभयो, बिराट कोहलीलाई पनि बाँकी छोड्नुभएन। अहिले मेरो आलोचना गर्दै हुनुहुन्छ, तपाईंले मलाई यो सूचिमा राखेकोमा म आँफूलाई भाग्यमानी सम्झन्छु।

नसिरुद्दिनलाई सप्रेम सन्देशु भन्दै ट्वीट गरेका अनुपमले नसिरुद्दिनको टिप्पणीलाई कसैले गम्भीरताका साथ नलिएको बताएका छन्। तपाईंले वर्षौंदेखि जुन पदार्थको सेवन गर्दै आउनुभएको छ, त्यसले तपाईंलाई सही–गलत छुट्याउनै नसक्ने बनाइदिएको छु, भिडियोमा उनले भनेका छन्।

जनाब नसीरुदिन शाह साब के लिए मेरा प्यार भरा पैग़ाम १११ वो मुझसे बड़े है। उम्र में भी और तजुर्बे में भी। मै हमेशा से उनकी कला की इज़्ज़त करता आया हूँ और करता रहूँगा। पर कभी कभी कुछ बातों का दो टूक जवाब देना बहुत ज़रूरी होता। ये है मेरा जवाब।