चीनमा बिरामीको उपचारमा संलग्न चिकित्सककै मृत्यु

595
views

एजेन्सी, ११ माघ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको छ । चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार कोरोना भाइरस संक्रमणको केन्द्रका रुपमा रहेको हुबेइमा ६२ बर्षीय चिकित्सक लियाङ्ग उदोङको ज्यान गएको हो ।

चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिइरहेको छ । मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसको अचुक औषधी पत्ता लागिसकेको छैन ।