‘थुक्क बदमास’ आर्मीको जागिर छाडेर कलाकारितामा

2415
views

स्याङ्जा । मेला, महोत्सवको मञ्चमा उनको प्रहसनले दर्शकहरु पेट मिचिमिची हाँस्छन । दर्शकबाट तालिको गडगडाहट र हुटिङको सिमा हुँदैन । आयोजकको समय सिमाभित्रै उनको प्रहसन सकिनुपर्दछ । जव उनी आफ्नो प्रहसनको अन्त्यतिर लाग्छन् उनको प्रस्तुति निकै खँदिलो हुन्छ । स्रोता दर्शकलाई देशप्रेम र राष्ट्रियताको भावमा बहाईदिन्छन् ।

आफ्नो हाँस्य कमेडीमा जमिरहेका कलाकार हुन स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं–५ आरुचौर दुवारकुनाका २२ बर्षिय ‘प्रदीप गाउँले’ भेनर चिनिने प्रदिप अधिकारी ।

नेपाली सेनाको जागिरलाई विचबाटोमै विट मार्दै हाँस्यकलाकारको परिचय बनाउन सफल अधिकारीेलाई अहिले मेला महोत्सवमा भ्याई नभ्याई छ ।

देश सेवाको लागि आर्मी, या ठूलो हास्यकलाकार बन्ने सपना कोकेका गाउँले आर्मी पनि बने छाडे, अब हाँस्यकलाकारीताबाटै जम्ने जमर्को गरिरहेको बताउँछन् । उनी भन्छन् ‘म कमाउनको लागि भन्दा पनि देशलाई हाँस्यजगतबाटै सभ्य बनाउन दर्शकमाझ आएको हुँ ।’

गाउँलेको रोजाईमा परेको हाँस्यकलाकारीताको क्षेत्रलाई आमा धर्म कुमारी र बाबु चन्द्र बहादुर क्षेत्री अधिकारीले पनि साथ दिएका छन् ।

सानै उमेरदेखि राष्ट्रिय व्यक्तित्वको क्यारिकेचर गर्न सफल गाउँलेले एकसय भन्दा बढी नेत, कलाकार, पत्रकार र गायककारहरुको आवाज हुवहु निकाल्दै आएका छन् । उनी पछिल्लो समय ‘थुक्क बदमास’ भन्ने टेलिसिरियल निर्माण गरिरहेका छन् । उनी विभिन्न लघु चलचित्रहरुमा आफ्नो अभिनय देखाउँदै आएका छन ।