केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन

एजेन्सी

499
views

 

काठमाडौं २१, माघ ।  केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ। आराप मोईको ९५ वर्षको उमेरमा आज निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ।

मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ। केन्याको राजनीतिमा उनको महत्वपुर्ण योगदान रहेको भन्दै उनको निधनमा केन्या स्तब्ध भएको जनाएको छ।

केन्याको दोस्रो राष्ट्रपति बनेका उनले सन् १९७८ देखि २००२ सम्म २४ वर्ष शासन गरेका थिए। केन्याका गृहमन्त्री समेत रहेका मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो।