मृतकको घरमै पुगेर पाँचलाख भुक्तानी

479
views

सीताराम थापा । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनि लि. वाग्लुङ शाखाले मृत्युु दावी भुक्तानी प्रदान गरेको छ । वेनी नगरपालिका वडा–१ रत्नेचौर म्याग्दीका विमित स्व.सेते चर्मकारको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको हो ।

चर्मकारको गत भाद्र २० गते ४८ वर्षको उमेरमा अकस्मात प्राकृतिक मृत्यु भएको थियोे । गत चैतमा पाँचलाख रुपैयाँको विमा गरेर प्रथम किस्ता प्रिमियम स्वरुप एकपटक रु. ३४ हजार सातसय १७ मात्रै बुझाएकोमा कार्यवाहक वडा अध्यक्ष टेकबहादुर थापा र आइ.एम. ई. लाइफ इन्स्योरेन्स कम्पनि लि. का धवलागिरी एरिया मेनेजर शिवप्रसाद शर्माले संयुक्त रुपमा मृतककी श्रीमती गिता किसानलाई पाँचलाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

२०७४ कार्तिक ८ देखि वाग्लुङमा कार्यालय सञ्चालन गरि बिमा कारोबार सुरुवात गरेको आइ.एम.इ लाइफले धवागिरी क्षेत्रका कुश्मा र वेनीमा गरि ३ शाखा तथा पर्वत हुवास, कुश्मीशेरा वाग्लुङ र पोखरेवगर म्याग्दीमा गरि ३ उपशाखा सञ्चालन गरि विस्तारित रुपमा उत्कृष्ट विमा सेवा बिस्तार गरेको बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्माले सापकोटाले जानकारी गराउनु भयो ।