आईसीसी विश्वकप लीग –२ अन्र्तगत ओमानले टस जित्यो, नेपाल ब्याटिङ गर्दै 

678
views

 काठमाडौ २६, माघ । आईसीसी विश्वकप लीग –२ छनोटको एक दिवसीय क्रिकेटमा नेपालले टस हारेको छ।

ओमानले टस जितेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर हुने खेलमा नेपालका कमलसिंह ऐरीले डेब्यु गर्ने भएका छन्।

उनले अविनाश बोहोरालाई रिप्लेस गरेका हुन्। पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल हारको बदला लिने दाउँमा रहँदा ओमान भने अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुनेछ।

हिजो भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।