सिरहामा मेरोमाइक्रोफाइनान्सको एक दिने स्वास्थ्य शिविर

680
views

सिरहा, २६, माघ । सिरहा जिल्लाको सितापुर पत्तारी गाँउपालिका वडा नं ६ सितापुर बजारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय सितापुर, नेपाल नेत्रज्योति संघ, सगरमाथा आखाँ अस्पताल लहान, रेन ड्रोप नेपाल सितापुर, रामजानी बोडिगं स्कुल सितापुरको सयुक्त आयोजनामा भएको एक दिने शिविरमा चार सय २० भन्दा बढीले आखा तथा कान चेकजाच गरिएको मेरोमाइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए ।

गरिब तथा विपन्न बर्गलाई लक्षित गरी संचालन गरिएको शिबिरमा आखा तथा कान उपचारका लागि जाच गरिएको हो । बालबालिका देखि बृद्धबृद्धाहरु समेत सहभागि शिविरमा २०० भन्दा बढी मोतियाबिन्दु देखा परेको जनाइएको छ । शिविरमा पहिचान भएका मोतियाविन्दु प्रभावितहरुलाई सगरमाथा आखाँ अस्पताल लहानमा निशुल्क शल्यक्रिया गरिने मेरोमाइक्रोफाइनान्सका शाखा अधिकृत रामकेश्वर पंडितले बताए ।

शनिबार भएको उक्त शिविरमा सहयोगि संस्थाहरु ड्रोप नेपाल सितापुर, रामजानी बोडिगं स्कुल सितापुरको फाउन्डर नन्द किशोर यादब, वडा नं. ६ वडाध्यक्ष, स्थानिय निकायको प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

उक्त शिविरमा मेरोमाइक्रोफाइनान्स लघुवित्तको अनुगमन अधिकृत सागर भण्डारीले मेरोमाइक्रोफाइनान्स लघुवित्तले पैसा नभएर रहेको ग्रामिण भेगका मानिसहरुलाई सेवा पु¥याउने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता कार्यक्रमहरु सचांलन गर्दै आइरहेको बताउनुहुदै शिबिरबाट उपचारको पहुचमा आउन नसकेका बिरामीले स्थानीय स्तरमै सेवा पाउन सफल भएको जानकारी दिए ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि ५६ जिल्लामा ११० शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक कृयाकलापमा सहयोग गर्ने उद्धेश्यले बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।