एमसीसी विरुद्ध नौ बाम एक ठाम, वृहत प्रर्दशन जनकपुर धाम

3334
views

सीताराम थापा । एमसीसी लगायत सिमा अक्रिमणका विरुद्ध यतिबेला नौ बाम एकै ठाम उभिएका छन । नौ बामले जनकपुर धाममा संयुक्त बिरोध सभा गरे । गोपाल धर्मशालाबाट निस्केको नौ बाम दलको जुलुश नगरपरिक्रमापछि जनकचोकमा पुगेर सभामा परिणत भएको हो । बिरोध सभाका संयोजक एवं प्रमुख अतिथि लोकनारायण सुवेदीले नेपाल बिदेशी हस्तक्षेपको भयावह स्थितिबाट गुज्रिरहेको बताए ।

उनले एमसीसी लगायतको दुष्परिणामको बोझ नेपाल र नेपाली जनताले ब्यहोर्नुपर्ने भन्दै राष्ट्रघाती एमसीसी सम्झौता रद्द गर्नुपर्ने र भारतीय सीमा अतिक्रमण बन्द हुनुपर्नेमा जोड दिए ।

उनले अमेरिका जुन जुन देशमा पसेको छ त्यहाँको स्थिति नराम्रोसँग बिथोलिएर श्रोत साधनहरु गुमेको भन्दै सार्बभौमिकता खतरा जोगाउन सबै देशभक्तहरु एक ठाम हुनुपर्नेमा आव्हान गरे ।

उनले नेपाललाई चीन बिरोधी अखडामा परिणत गर्ने इण्डो–अमेरिकी दबाब र प्रभावको पासोबाट मुक्त हुन सारा नेपाली जनता उठ्नुपर्ने हुँदा नौ बाम एक ठाम भएर जनतालाई मालिक बनाउन जनआन्दोलनको सृजना गरेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा –क्रान्तिकारी)का प्रबक्ता एवं स्थाई समिति सदस्य हरिभक्त कँडेलले नक्कली कम्युनिष्टको सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीबिका खतरामा पारेकोले भ्रष्टाचारी सत्ताले देशको स्वाधीनताको रक्षा गर्न सक्तैन भन्ने प्रष्ट पार्दै एमसीसी जस्तो राष्ट्रघाती सम्झौता कुनै हालतमा पारित हुन नदिन आग्रह गरे ।

राष्ट्रिय जन मोर्चाका नेता चिन्तामणि पौडेलले देशलाई अमेरिका र भारतको दलाली गर्ने सरकार र प्रतिपक्षको रबैयलाई चिर्दै एमसीसी सम्झौत रद्ध गर्न आन्दोलनको आँधीबेरी उठाउने बताए ।
नेकपा (माले)का पोलिट ब्यूरोका सदस्य दीननाथ घिमिरेले देश भारत र अमेरिकाको प्रभुत्वमा पार्ने सरकारले नेपाली जनताको हित गर्न नसक्ने हुँदा एएसीसीले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्बभौमिकतालाई कमजोर पार्ने रणनीतिक तर्क गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रदेश नं. २ काा इञ्चार्ज बब्लुसिंह ठाकुरले भोजपुरी भाषा बोल्दै सम्पूर्ण पहाड, मधेश उत्पीडडित जन समुदाय एक भएर संघर्षमा लागेमा मात्र सबै समस्याको समाधान हुँदै गरिबीबाट मुक्त हुने बताए ।