पर्वत, २८, माघ । पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ को साविक फलामखानी गाविसमा रहेको फलामखानी उत्खनन्का लागि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौले प्रक्रिया थालेको छ ।
विभागले चालु आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण गर्न थालेको हो । त्यसका लागि विभागका सिनियर भुगर्भविद् ठाकुर कँडेल र प्रकाश पोखरेल सहितको टोलीले एक सातादेखि अध्ययन कार्य थालेको छ ।
टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गुणस्तर के कति छ भनेर अध्ययन गरिरहेको भुगर्भविद् ठाकुर कँडेलले जानकारी दिए ।
खानीमा इआरटी (इलेक्ट्रीकल रेसिस्टीभिटी टेक्नोलोजी) को माध्यमवाट अध्ययन अनुसन्धानकोे काम भैरहेको छ । २ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको कँडेलले बताए ।
उक्त टोलिले अहिले नमुना संकलन सकेत गरिरहेको छ भने क्वान्टीटी र क्वालीटिको बारेमा विस्तृत अध्ययनको रिपोर्टपछि अगाडिको काम शुरु हुने भएको छ ।