अमेरिकी दूतावासलाई लक्षित गरी रकेट आक्रमण

463
views

बग्दाद, ४, फागुन । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूताबास नजिकै रकेट आक्रमण भएको छ । आइतबार बिहानै केही रकेट प्रहार भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले खबर दिएको छ ।

कतिवटा रकेट आक्रमण भएको र आक्रमणबाट के कति क्षति भयो भन्नेबारे भने हालसम्म कुनै जानकारी प्राप्त छैन। बग्दादस्थित आफ्ना रिपोर्टरले ठूलो विस्फोटका धेरै आवाज सुनेको भन्ने जानकारी दिएको एएफपीले जनाएको छ ।

आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन। अमेरिकाले भने इरान आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ ।

गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो। त्यसको आक्रोशमा इरानले ८ जनवरीमा इराकमा रहकेका दुई अमेरिकी सेनाको आधार शिविरमा मिसाइल आक्रमण गरेको थियो । एजेन्सी