सामूहिक बलात्कारमा जनकपुरबाट दुईजना पक्राउ

582
views

जनकपुरधाम, ५, फागुन  । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलालाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । आइतबार राति ४० वर्षीया महिलालाई दुई युवाले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनामाई भोइलका नरेश महतो र नाम खुल्न नसकेका एक व्यक्ति भारत विहारको मधुवनीका छन् । दुवै युवालाई प्रहरीले मेडिकल जाँच गराउन प्रादेशिक अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्‍धान भइरहेको धनुषाका प्रहरी प्रमुख तथा एसपी रमेश बस्नेतले जानकारी दिए ।