सुन्तला जोन परियोजना कार्यालयको जीप दुर्घटना, ४ गम्भिर

765
views

जितेन्द्र थापा
दैलेख । दैलेखको दुल्लुमा बा १ झ ६५६७ नम्बरको जीप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन परियोजना कार्यालय दुल्लूको बा १ झ ६५६७ नम्बरको जीप दुल्लू नगरपालिका–५ स्थित देउतीगढमा दुर्घटना भएको हो ।

सोमबार कार्यालयबाट जाँदा जिपको व्रेक फेल भइ देउतिगड कृर्षि डाडाबाट करिब २०० मिटर तल दुल्लु नगरपालिका कार्यालयको भवन नजिक खसेको छ ।

दुर्घटनामा परि घाइते हुनेमा चालक भैरवि गाउपालिका वडा नम्बर २ का गोकुल खत्रि, सोही कार्यालयका कर्मचारि भैरवि गापा २ का माधव रिजाल, दुल्लु नगरपालिका ५ का सुरेन्द्र रिजाल, र वडा नम्बर ८ का बिक्रम रिजाल रहेका छन । घाइते ४ जनाको दुल्लू अस्पतालमा उपचार भइरहेकोमा ३ जनाको उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ ।