पर्वतमा आँखा शिविर, तीनसय बढीले लिए लाभ

775
views

पोखरा, ७, फागुन । पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोलस्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वत स्थित मोदी गाउँपालिका वडा नम्वर १ सेराबवेसीमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले जर्मनीका माईकल बाउर, साथिहरुसँगै बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

सेरावेशीको नवज्योती थम माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, स्थानिय वासिन्दासँगै वरिपरिका क्षेत्रबाट आएका मानिसहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष एंव निशुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन् । शिविरमा तीनसय ८० जनाको आँखा परिक्षण गरी आवश्यक औषधी वितरण गरिएको थियो ।

कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिव इन्दु भट्टराई, सदस्यहरु लक्ष्मी गुरुङ, कृष्ण कुमारी गुरुङ र रजनी श्रेष्ठ, मोदी गाउँपालिका वडा न १ का वडा अध्यक्ष भोग बहादुर गुुरुङ, नवज्योती थम मा.वि.का प्रअ मिना गुरुङ, विद्यालय ब्यबस्थापन सामितिका अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिती रहेको थियो ।